
काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि पुनः उडान सुरु भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट आज (सोमबार)देखि उडान सुरु गरिएको हो ।
काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना र रेसुङ्गाबाट काठमाडौंका लागि ४ जना यात्रु रहेको स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
नेपाल एयरलायन्सको विमान मर्मतका कारण लामो समयसम्म नियमित उडान हुन सकेको थिएन । अब हप्ताको शुक्रबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको छ ।
जसमा काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गर्दछ ।
हाल गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३०० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५०० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।














