Logo
Logo

जनताले चाहेमा गणतन्त्र उल्टिन सक्छ : राजेन्द्र लिङ्देन


945
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिन सक्ने बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले युवाहरूको शक्तिलाई नहोच्याउन आग्रह गरे।

अध्यक्ष लिङ्देनले भने, ‘तपाईंहरूले जबसम्म व्यवहार सुधार नगरे, गणतन्त्रको विरोध मात्रै होइन, यो उल्ट्याउन पनि सकिन्छ। जनताले चाह्यो भने गणतन्त्र जान्छ। युवाको शक्तिलाई नहोच्याउनुस्।’

उनले गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा सरकार र आन्दोलनकारी दुवैले ज्यादती गरेको बताएका छन्। उनले प्रश्न गर्दै भने, ‘अस्ति १५ गते आन्दोलनकारीहरूले मात्रै ज्यादती गरेका हुन्र, यसको नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ?’

लिङ्देनले नेता तथा कार्यकर्ताहरूको कथासँगै शब्दजालप्रति आलोचना गर्दै भने, ‘अबको पुस्ता यी कथाहरू र शब्दजाललाई मान्ने छेनन् ।  डिजिटल युगमा सूचना प्रविधि विकाससँगै युवा अहिले राम्ररी परिचित छन्।’

उनले पुरानो शासन हटाएको पछि पनि लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउने प्रयास भइरहेको आरोप पनि लगाएका छन्। ‘तपाईंले राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न खोज्नुभयो। के तपाईंले राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउन खोज्नुभएको हो ?’ लिङ्देनले भने।

प्रतिक्रिया दिनुहोस्