हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ। सोमबार दिउँसो सरदमुकाम सिमकोट आउँदै गरेको भे१ख ३७६४ नम्बर ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलका प्रहरीचौकी सर्केगाडका अनुसार मृत्यु हुनेमा सर्केगाड गाउँपालिका-४ दुल्लि गाउँकी करिब ७२ वर्षीया पानकला थापा रहेका छन् । थापाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।














