Logo
Logo

सभामुख भेट्न सिंहदरबार जाँदै रविसहित रास्वपा सांसदहरू


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।

लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न आज बिहान १० बजे सिंहदरबार स्थित कार्यालय जाने भएका हुन् । उनीहरुले लामिछानेको सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुखलाई दबाब दिने बताइएको छ ।

रास्वपाले एक महिना अघि नै लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । तर, त्यसको सुनुवाइ हालसम्म पनि नभएपछि थप पहलकोा लागि आज सभामुखसँग भेट गर्न लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन् । तर सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्