Logo
Logo

सुनसरीको मुस्लिम बस्तीमा आगलागी, २६ घर टहरा जले


567
Shares

काठमाडौं । मुस्लिम समुदायको बसोबास रहेको सुनसरीका हरिनासमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ ।

सोमबार दिउँसो हरिनगर गाउँपालिका–५ मलदैया टोलमा आगलगी हुँदा ९ परिवारले प्रयोग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन् ।

प्रहरीका अनुसार सिकिन्द्र अली, जुवेर अली, सबिर मियाँ, अबुहेलाल मियाँ, इम्तयाज मियाँ, अस्फाक आलम, अनसाक आलम, प्रवेज मियाँ, इरफान मियाँ, कैसर आलम, पैयाज आलमको घर जलेर नष्ट भएको हो ।

इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘इद उल फित्र’ दिन आगलागी भएको थियो । यद्यपी आगलागीको कारण खुलेको छैन ।

दिउँसो ३ बजे सुरु भएको आगो साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा परी अन्नपात, लताकपडा र नगद जल्दा करिब साढे ३१ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्