Logo
Logo

राष्ट्रपतिले अन्त्य गरे संसदको हिउँदे अधिवेशन


693
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले आज राति १२ बजेबाट लागू हुने गरी चालू अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालू अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्