
काठमाडौं । तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
चैत १५ गते (शुक्रबार) तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु र दर्जनौँ घाइते र तोडफोड तथा आगजनीका घटना भएका थिए । उक्त घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित हाल ६२ जना प्रहरी हिरासतमा छन् ।














