Logo
Logo

फरार सांसद गिता बस्नेतको बिदा संसद्‌बाट स्वीकृत

यसबिचमा उनले सांसदको तलब भत्ता र सेवा सुविधा भने निरन्तर लिइरहेकी छन्


2.9k
Shares

काठमाडौं । नेपाल प्रहरीको फरार सूचीमा रहेकी प्रतिनिधिसभा सदस्य गिता बस्नेत सङ्घीय संसद्को हिउँदे अधिवेशनभर अनुपस्थित रहिन्। तर, उनको अनुपस्थितिलाई मङ्गलवार प्रतिनिधिसभाले स्वीकृत गरेको छ।

सभामुख देवराज घिमिरेले संसदमा पेश गरेको विवरणअनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बस्नेत लगातार २७ वटा बैठकमा अनुपस्थित रहिन्। उनी उपचाररत रहेको कारण देखाउँदै संसद् सचिवालयलाई जानकारी गराइएको थियो, जुन विवरण सभामुखले प्रतिनिधिसभामा प्रस्तुत गरे।

हिउँदे अधिवेशन अवधिमा प्रतिनिधिसभाका जम्मा २७ बैठक बसेका थिए, जसमा उनी कुनै पनि उपस्थित भइनन्। तर, उनको बिदा औपचारिक रूपमा स्वीकृत गरिएको छ।

गिता बस्नेत सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा छिन्। ठगी आरोप लागेपछि उनी फरार रहेकी छिन्। संसद् सचिवालयका अनुसार, बस्नेत २०८१ माघ १८ देखि मङ्गलवारसम्म बसेका सबै बैठकमा अनुपस्थित रहिन्। यसबिचमा उनले सांसदको तलब भत्ता र सेवा सुविधा भने निरन्तर लिइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्