Logo
Logo

टीकापुर प्रहरीलाई ठूलो सफलता, लागूऔषधको मुख्य कारोबारी पक्राउ


6.6k
Shares

कैलाली । टीकापुरलाई लागूऔषधको हटस्पट बनाउने मध्येका मुख्य कारोबारी मुकेश रावल परेका छन् ।  

 बिस वर्षदेखि टीकापुर–काठमाडाैं नेक्सेस बनाई लागूऔषधको कारोबार गरिरहेको रावललाई प्रहरीले नेपाल भारत सीमाबाट पक्राउ गरेको हो ।  रावलबाट ६ सय ४० ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । 

आगूओषध कारोबारीमा रावल बारम्बार पक्राउ परेपनि पैसा र पावरको बलमा रावल कानुनबाट बच्दै आएका थिए ।  मुकेशका सदोहर दाइ  सन्तोष रावल समेतलाई  २०६२÷०६३ सालमा  प्रहरीको लागूऔषध ब्युरोले ठुलो परिमाणमा खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।

सात बर्ष जेल सजाय भुक्तानी गरेर  छुटेका र न्युरोडमा तयारी पोसाकको होलसेल व्यापारी बताउने रावलको पुरै परिवार नै लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरी रेकर्ड छ । 

टीकापुरका स्थायी बासिन्दा रावलले सीमापारि भारतीय बजारबाट लागूऔषध बोक्न दुई दर्जन जति युवाहरूको नेटवर्क परिचालन गरेको प्रहरीले जनाएको छ । 

१५ देखि २५ बर्षसम्मका युवाहरूलाई लागूऔषध बोक्ने भरियाका रूपमा रावलले प्रयोग गर्दै आएका छन् । रावल परिवारले लागूऔषध बोक्न भरिया  बनाएका युवाहरू पनि बेला बेलामा रंगेहात पक्राउ पर्ने र छुट्ने गरेका छन् । 

कतिपय अझै कैलाली कारागारमा छन् । नेपाल भित्रिने लागूऔषध केही स्थानीय बजारमा र बढी जसो काठमाडौं खपत हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । पछिल्लो समयमा टीकापुर लागूऔषधको हटस्पट बनेको छ । 
यस नाकाबाट बढिजसो खैरो हिरोइनको कारोबार हुने गरेको देखिएको प्रहरीको भनाई छ । 

एक डोज (एक मिलिग्राम)को स्थानीय बजारमा एक हजार रुपैयाँ र काठमाडौँमा दुई हजार पाँच सय रुपैयाँसम्म खैरो हिरोइनको मुल्य रहेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्