Logo
Logo

राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल


567
Shares

काठमाडौं । सरकारले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आम सर्वसाधारणलाई बैठकले अपिल गरेको बताए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठक तीनकुनेमा शुक्रवार राजावादीले गरेको हिंसात्मक प्रदर्शन निन्दा गरेको छ । यस्तै घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय सो  बैठकले गरेको गुरुङले जानकारी गराए । 

यस्तै बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र दोषीमाथि गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको गुरुङले जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्