काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले हालसम्म सबै नागरिकको चित्त बुझाउन नसकेको भन्दै अब थप सक्रियता देखाउनुपर्ने बताएका छन्।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले निराशा र कुण्ठित अभिव्यक्तिहरू मात्र दिएर मुलुकको समृद्धि सम्भव नहुने बताए।
उनले भने,’सधैं निराशाजनक र कुण्ठित अभिव्यक्तिले मात्र मुलुक बन्दैन। जनतामा आशाका किरणहरू देखिन जरुरी छ। अहिले सरकार जुन गतिमा अघि बढिरहेको छ, त्यसले सबैलाई सन्तुष्ट पार्न सकेको छैन । अब सरकारलाई थप गतिशील बनाउन गेयर परिवर्तन गर्न आवश्यक छ। हालको अवस्थाभन्दा माथिल्लो स्तरमा पुग्नुपर्छ।’
सांसद खतिवडाले धार्मिक सहिष्णुता र समावेशी राष्ट्र निर्माणको आवश्यकता पनि औंल्याए। उनले भने, ‘म हिन्दू धर्म मान्ने व्यक्ति हुँ, तर नेपाल सबै धर्म र समुदायलाई अटाउने र समेट्ने मुलुक बन्नुपर्छ। समावेशी नेपाल निर्माण गर्नु आजको आवश्यकता हो ।’














