Logo
Logo

सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट


1.5k
Shares

काठमाडौं । तीनकुनेमा मृत्यु भएका सविन महर्जनको शव परीक्षण सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टअनुसार महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ।

पूर्वराजा समर्थकहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा महर्जनको मृत्यु भएको हो। कीर्तिपुर नगरपालिका–४ निवासी २९ वर्षीय महर्जनलाई दायाँ हाततर्फ छिरेको गोली पछाडिबाट निस्किएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। उनलाई तीनकुनेबाट कोटेश्वरतर्फ जाने उकालोमा गोली लागेको थियो।

महर्जन दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ तथा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’द्वारा आयोजित प्रदर्शनमा सहभागी थिए। चैत १५ गते प्रदर्शनस्थलमा उत्पन्न तनावका कारण प्रहरीले गोली चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्