Logo
Logo

सविनको शव अस्पतालले परिवारलाई जिम्मा लगायो


1.2k
Shares

काठमाडौं । तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शव पोस्टमार्टम रिपोर्टपछि परिवारको जिम्मा लगाइएको छ ।

त्रिवि शिक्षण अस्पतालले केहीबेरअघि शव परिवारको जिम्मा लगाएको हो । पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ । प्रहरीका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ । पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्