Logo
Logo

पत्रकार रजकलाई गोली लागेको हल्लापछि चिकित्सकले एक्सरे नगरी पोस्टमार्टम गर्न मानेनन्


6k
Shares

काठमाडौं । चिकित्सकहरूले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका फरेन्सिक विभागका चिकित्सकले पहिला एक्स रे गर्नुपर्ने अडान लिएपछि पोस्टमार्टम नै रोकिएको छ ।

तीनकुनेमा प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर ज्यान गुमाएका पत्रकार रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँले मंगलबार पत्र पठाएको थियो ।

तर, चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने भनी बाहिर हल्ला आएको कारण भोलि विवाद हुन सक्ने भन्दै पहिला एक्सरे गर्नुपर्ने अडान लिएका हुन् ।

यसअघि प्रहरीले भने गोली लागेको भनी चलाइएको हल्लाको खण्डन गरिसकेको छ।

सोमबार एक विज्ञप्ति जारी गरी प्रहरीले उक्त हल्लालाई ‘अनर्गल प्रचार’ भनेको थियो । प्रहरीले गोली लागेको कुरा हल्ला मात्रै रहेको भने पनि चिकित्सकले एक्सरेबाटै यकिन गर्नुपर्ने भनेका हुन् ।

रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ । ३३ वर्षीय रजकको शरीर ७० प्रतिशत भाग जलेको प्रहरीले प्रारम्भिकरूपमा बताएको छ। उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्