Logo
Logo

अवैध लागू औषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ


378
Shares

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका-११, प्रगतिनगरबाट २१ वर्षीय राज सुनारलाई ३३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी बिट देवीनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

मोरङको विराटनगर महानगरपालिका-१५, राम जानकी चोकबाट ३७ वर्षीय प्रभात सिंह कटुवाललाई १ ग्राम ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.५ प ३७२ नम्बरको मोटरसाइकलमा सवार कटुवाललाई नियन्त्रणमा लिएको हो।

सिन्धुलीको कमलामाई नगरपालिका-९, भिमानबाट ३३ वर्षीय सुभास बर्देवालाई १०२ ग्राम ८५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद २२ हजार रुपैयाँ सहित पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिका-११, बान डाँडाका ४८ वर्षीय बिर बहादुर (बिरू) भुजेललाई ३ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागू औषध फेला पारेर नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्