Logo
Logo

भन्सार छलीका फेन्सी सामानसहित पिकअप गाडी नियन्त्रणमा


882
Shares

महोत्तरी । सशस्त्र प्रहरीले करिब २६ लाख ९९ हजार ८९० रुपैयाँ बराबरको भन्सार छली गरिएको फेन्सी सामानसहित बलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म जलेश्वरले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३, मालिवाडा क्षेत्रबाट बीआर ०६–जीजी ४७६५ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिएको हो। उक्त गाडीमा भारतबाट अवैध रूपमा भित्र्याइएका व्याग, टोपी, बेल्ट, चस्मा, घडी लगायतका फेन्सी सामानहरू राखिएको थियो।

सुरक्षा जाँचका क्रममा सामानको कुनै कानुनी बिलविजक भेटिएन। त्यसपछि सुरक्षाकर्मीहरूले गाडी नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएका छन्।

बरामद सामानको भन्सार दाखिला मूल्य १८ लाख रुपैयाँ कायम गरिएको छ, जससँगै गाडीको मूल्यसमेत जोड्दा कुल २६ लाख ९९ हजार ८९० रुपैयाँ पुग्छ। नियन्त्रणमा लिइएको गाडी तथा सामान जलेश्वर भन्सार कार्यालय, महोत्तरीमा बुझाइएको छ। दसशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध तस्करी तथा भन्सार छली नियन्त्रण गर्न निगरानी अझ कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस्