काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट प्रेस मञ्च, नेपालको बारा, पर्सा र रौतहट जिल्लामा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ।

प्रेस मञ्च नेपालका महासचिव अवधेश झा का अनुसार पर्सामा रामजी यादव, बारामा मेघराज पासमान (निखिल) र रौतहटमा किशोरी यादवको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
प्रेस मञ्च, नेपालले मधेस प्रदेशका अन्य जिल्लामा अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छ।
तालिका अनुसार :
चैत्र २० गते – सिरहा
चैत्र २१ गते – सप्तरी
चैत्र २२ गते – महोत्तरी
चैत्र २३ गते – धनुषा
चैत्र २४ गते – सर्लाही
अन्य प्रदेशअन्तर्गतका जिल्लाहरूको अधिवेशन सम्पन्न भएलगत्तै प्रेस मञ्च, नेपालले केन्द्रीय अधिवेशन आयोजना गर्ने महासचिव झाले जानकारी दिए।यसैबीच, जसपा नेपालले आफ्ना सबै भ्रातृसङ्गठनहरूलाई बैशाख मसान्तसम्म अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको छ।














