Logo
Logo

राप्रपाले सांसद दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने


1.8k
Shares

काठमाडौं । राप्रपाले सांसद दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने भएको छ । राप्रपा केन्द्रीय पदाधिकारीको मंगलबार बसेको आकस्मिक बैठकले बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बोहोराको निधनमा तीन दिन शोक मनाउने, शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय बैठकले गरेको श्रेष्ठले जानकारी दिए ।

बोहोराको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने छ भने बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

काठमाडौं चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा सांसद बोहोराको मंगलबार निधन भएको थियो । बोहोरा रुपन्देही क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्