Logo
Logo

मध्यपश्चिम विश्वविद्यालयमा कांग्रेसको प्यानलै विजयी


378
Shares

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयु)मा कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सोमबार भएको निर्वाचनबाट स्सभापतिमा नेविसंघका विकेक खड्का ११८८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी अनेरास्वियुका जगतजंग शाहीले ९०८ मत ल्याए । अखिल क्रान्तिकारी तेस्रो स्थानमा आयो । अखिल क्रान्तिकारीका प्रकाश विकले २७५ मत प्राप्त गरेका छन् ।

त्यस्तै ‎‎सचिवमा भूपेन्द्र आचार्यले १३९६ मत ल्याएर विजयी भए भने कोषाध्यक्षमा लोकप्रसाद रिजालले १२५५ मत ल्याएर निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्