Logo
Logo

बागमती प्रदेश सभाको चालु अधिवेशन अत्य गर्ने सरकारको निर्णय


0
Shares


काठमाडौं । बागमती सरकारले प्रदेश सभाको हिँउदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रीपरिषद बैठकले बुधबारराति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकार र विपक्षी दलबीच सांसदका योजनामा बजेट थप गर्ने पूर्वसहमति कार्यान्वयनका विषयमा उत्पन्न विवाद बढ्दै जाँदा बागमती प्रदेश सभा बैठक प्रभावित भएको थियो ।

मंगलबार बसेको सर्वदलीय बैठकमा सहमतिको प्रयास गरिएको थियो । तर, उत्पन्न विवादमा सहमतिको प्रयास असफल भएपछि सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको हो । प्रदेश सभाको यो अधिवेशन गत माघ १५ गते शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्