Logo
Logo

कुलमान र हितेन्द्रको रिटमा आजपनि सुनुवाइ हुँदै


693
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दुवैको रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । सो रिटमाथि आज पनि सुनुवाइ हुने भएको हो ।

प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले रिट निवेदन दायर गरेका थिए भने शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै त्यतिवेला रिट निवेदन दायर गरेका थिए । अदालतले दुवै रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्