Logo
Logo

भाटभटेनी सुपर मार्केटका सेक्युरिटी गार्डले भने- त्यसपछि ड्याङ् कि ड्याङ हानेँ


5.9k
Shares

काठमाडौं । भाटभटेनी सपुर मार्केटले कोटेश्वर शाखामा कार्यरत सेक्युरिटी गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । बुधबार एक समारोहबीच सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले पराजुलीसहित राम्रो काम गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।

भाटभटेनी सुपर मार्केटलाई लुटपाटबाट जोगाउन आन्दोलनकारीको प्रतिकारमा उत्रिएका सेक्युरिटी गार्ड पराजुली नगद ५ लाख, एक हजार १११ रुपैयाँसहित सम्मानीत भएका छन् ।

पुरस्कृत भएपछि गार्ड पराजुलीले आफ्नो अनुभव सुनाउँदै भने, ‘मैले जागिर खाएको २०५८ सालदेखि हो । यही जागिर खाएर जग्गा किनेँ, घर बनाएँ, त्यसपछि छोरा पढाएँ, छोराको बिहे गरेँ, गाडी किनेँ ।’ उनले सो दिन अर्थात चैत १५ गते सुपर मार्केट लुटपाटबाट जोगाउन प्रदर्शनकारीको कसरी प्रतिकारमा उत्रिन बाध्य भए भन्ने पनि सुनाए ।

‘त्यो दिन आतंककारी आए । ढुंगामुढा गर्न थाले । ज्यान त जोगाउनुप¥यो भनेर साइड लागेर बस्यौँ । हामी साइडमा बस्दाखेरि उनीहरू सबै पसेर लुट्न थाले’ गार्ड पराजुलीले भने, ‘फलफूल, बियरका बोतल, वाइन, राइसकुकर फ्रिज सबै लिएर गए । लौ भएन भनेर हामी सबैजना टिम मिलेर यता आयौँ । अरू भित्रबाट लखट्ने, म चाहिँ बाहिर बसेर ड्याङ् कि ड्याङ हानेँ । बाहिर म एक्लै भए पनि डर लागेन ।’

चैत १५ गते शुक्रबार राजावादी समूहको प्रदर्शनका क्रममा कोटेश्वरस्थित सुपर मार्केटमा प्रदर्शनकारीले तोडफोड र लुटपाट मच्चाएका थिए । प्रदर्शनकारीबाट तोडफोड र लुटपाटबाट ८० लाख रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्