Logo
Logo
प्रधानमन्त्री ओलीको भ्रमण

नेपाल-थाइल्याण्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर


567
Shares

काठठमाडौं । प्रधानमन्त्र केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणका क्रममा संस्कृति र पर्यटन क्षेत्रसहित विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीचको भेटवार्तापछि उनीहरुको उपस्थितीमा दुई देशका विभिन्न संस्थाबीच ६ सहमतिपत्रमा हस्ताक्षर भएकाे हाे ।

नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरे भने थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान सुफाजीकिज्कोसल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरे ।

यसैगरी गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा विभिन्न समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । त्यसपछि भएको संयुक्त पत्रकार सम्मेलनमा दुबै राष्ट्र प्रमुखले विभिन्न क्षेत्रमा सहकार्यलाई जोड दिने बताएका छन् ।

दुई देशका प्रधानमन्त्रीको भेटमा प्रधानपरराष्ट्रमन्त्री राणा, सल्लाहकार विष्णुप्रसाद रिमाल, डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र सचिव अमृतबहादुर राई थिए । त्यसअघि प्रधानमन्त्री शिनावातले सरकारी भवनमा ओलीलाई स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्