काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा ¥याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट -यालीसहित माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत भएको छ ।

नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् । महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार ¥यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् ।
उनले देशभरका शिक्षकहरू काठमाडौं आएको भन्दै आज डेढ लाख शिक्षक कर्मचारीको ¥याली निस्किएको र भोलि शिक्षक कर्मचारी थप थपिने बताइन् । आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको महासंघले जनाएको छ ।














