Logo
Logo

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको पोस्टमार्टम जारी 


189
Shares

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालमा अहिले पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

यसअघि हिजो साँझ उनको एक्स९रे गरिएको थियो । एक्स९रेको रिपोर्टपछि बुधवार पोस्टमार्टम गरिएको हो ।रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स९रे गर्न ढिलाइ भएको हो । रजकसँगै पोस्टमार्टमका लागि पठाइएका सविन महर्जनको भने पोस्टमार्टम भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्