काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्याायधीश नहकुल सुवेदीको एकल इजलास मुद्दामा एक महिनाको समय दिएर कारण देखाउन भनेको हो ।

रिटमा माग गरिएको अन्तरिम आदेश भने अदालतले दिएन । सरकारी पक्षसँग छलफल गरेपछि मात्रै अन्तरिम आदेशबारे टुंगोमा पुग्नुपर्ने निर्णय सुनाइएको हो ।
चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले रिट दायर गरेकी थिइन् । प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता नभएको व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेको भन्दै उक्त नियुक्ती बदरको माग गरिएको छ ।














