Logo
Logo

रवीन्द्र मिश्र र धवल शमशेर सहिता ४१ जना थप ६ दिन हिरासतमा रहने


567
Shares

काठमाडौं । राजावादी आन्दोलनका क्रममा हिंसात्मक प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४१ जनाको हिरासत अवधि दोस्रो पटक पनि थपिएको छ । उनिहरुलाई बुधबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले उनीहरूलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यी ४१ जनामध्ये ३० जनामाथि आपराधिक उपद्रव र संगठित अपराधको आरोप छ भने ११ जनामाथि राज्यविरुद्धको कसुरको अभियोग लागेको छ । उनीहरूलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । पहिलोपटक आइतबार ५ दिनको म्याद थप गरिएको थियो, जुन मंगलबार सकिएपछि दोस्रो पटक म्याद थपका लागि अदालत लगिएको हो।

हिरासतमा रहेकाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा महामन्त्री धवल शमशेर राणा लगायत रहेका छन् । यस्तै, मंगलबार थप १८ जना पक्राउ परेका थिए, जसको पनि म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्