Logo
Logo

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको दाहसंस्कार गरियो


1.5k
Shares

 काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको अन्तिम दाह संस्कार गरिएको छ । बुधवार काठमाडौंको शोभाभगवतीमा पत्रकार सुरेश रजकको अन्तिम दाहसंस्कार गरिएको हो । 

उनको पार्थिव शरीरमा ठुलो दाजु रमेश रजकले दागबत्ती दिए ।  बुधवार त्रिवि शिक्षण अस्पतालमा रजकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको थियो ।

पाँचौँ दिन पोस्टमार्टमपछि शिक्षण अस्पताल, नारायण गोपाल चोक, बालाजु हुँदै नयाँ बजार, सोह्रखुट्टे हुँदै इन्द्रायणीको शोभाभगवतीसम्म शव यात्रा गरिएको थियो । पोस्टमार्टमका क्रममा रजकको जलेर मृत्यु भएको देखिएको अस्पतालले पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्