
काठमाडौं । झापामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । बुधबार साँझ झापा गाँउपालिका–३ मा मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट खस्दा सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको हो ।
सडकमा गुडिरहेको ट्याक्टरमा ‘लिफ्ट’ मागेर बसेका हास्दा अचानक बेहोस भएर ट्याक्टरबाट लडेका चालकले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनापछि ट्याक्टर धनीसमेत रहेका चालक झापा–३ का ४८ वर्षीय देवकुमार गणेशलाई प्रहरीले पक्राउ गरेको छ । घटना सम्बब्न्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














