Logo
Logo

वायु प्रदूषणमा आज काठमाडौं विश्वकै दोस्रो सहर


504
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो नम्बारमा पेगेको हो । जसमा काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको छ ।

विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न सकेको छैन । पहिलो नम्बरमा भने इराकको बग्दाद परेको छ । त्यहाँको वायु गुणस्तर १ हजार १०१ एक्यूआई पुगेको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्