
काठमाडौं । काठामाडौंको महाबौद्धबाट हुण्डी कारोबारमा संलग्न एक चिनियाँ नागरिक २० लाख ९२ हजार रुपैयाँ नगदसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तीब्बत स्थायी वतन तथा सुजा–३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने २६ वर्षीया रिक्शे वाङमो रहेका छन् ।
प्रहरीले उनको साथबाट एक हजार दरको नोट थान, एक हजार एक सय ८३ जम्मा ११ लाख ८३ हजार पाँच सय दरको नोट थान एक, आठ सय १८ जम्मा नौ लाख नौ हजार रुपैयाँ तथा आइफोन कम्पनीको मोवाइल एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले वाङमोलाई २० लाख ९२ हजार नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ परेका वाङमोलाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु भइरहेको प्रवक्ता बोहराले बताए ।














