Logo
Logo

रवीन्द्र र धवललाई नि:सर्त रिहा गर्न राप्रपाको माग 


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमशेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद डा.धवल शमशेर राणा लगायत अन्य नेताहरूको तत्काल र बिना शर्त रिहाइको माग गरेका छन्।

एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राणाले सरकारप्रति आक्रोश व्यक्त गर्दै भने, ‘संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य, संघीयता खारेजी, भ्रष्टाचार र कुशासनको अन्त्यको माग गर्दै चैत १५ गते गरिएको शान्तिपूर्ण प्रदर्शनमा सरकारले आम नागरिकमाथि गोली चलायो, दमन गर्‍यो, र गैरकानुनी रूपमा गिरफ्तारी गर्‍यो।’

राणाले ती प्रदर्शनकारीहरूको गिरफ्तारीलाई पूर्णतः अन्यायपूर्ण र असंवैधानिक भन्दै तत्काल रिहाइको माग गरे। उनले भने, “म सरकारसँग वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री राणा लगायत सम्पूर्ण राष्ट्रवादी नेता र कार्यकर्ताको अविलम्ब नि:सर्त रिहाइको माग गर्दछु।”

तीनकुने घटनाको सन्दर्भमा राणाले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगरेकोमा सरकारको नियतमाथि प्रश्न उठाए। उनले भने, “सरकारले घटनाको यथार्थ बुझ्न र दोषीमाथि कारबाही गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने थियो। यसमा देखिएको ढिलासुस्ती दुर्भाग्यपूर्ण र आपत्तिजनक छ। सरकार यसमा पूर्ण रूपमा जिम्मेवार छ।”

प्रतिक्रिया दिनुहोस्