काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप मेलाबाटै एक सय चार जनाले रोजगारीको अवसर पाएका छन् ।मेला फागुन ८ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन भएको थियो ।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप तथा रोजगार मेलाबाट तालिम लिएकाहरूलाई रोजगारदाताहरूले छनौट गरिएको हो । उनीहरूलाई छनौट गर्नका लागि रोजगार दताहरु मेला सञ्चालन भएको ठाउँमा नै पुगेका थिए ।
सीप तथा रोजगार मेलाको अन्तिम २ दिन रोजगार दताहरूलाई बोलाइएको थियो । रोजगार दताहरूको आवश्यकताका आधारमा उनीहरूले जनशक्ति छनौट गरेका हुन । मेला समापन भएको समयमा एक सय २ जना छनौटमा परेका उपमहानगरपालिकाले जनाएको छ ।
धनगढीको खुलामञ्चमा दक्ष जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले युवाहरूलाई लक्षित गरेर सीप तथा रोजगार मेलाको आयोजना गरेको थियो । वैशाख दोस्रो सातासम्म उनीहरू लगायत अन्य युवाहरूको रोजगारीको अवस्थाका बारेमा पूर्ण विवरण आउने धनगढी उपमहानगरले जनाएको छ ।














