Logo
Logo

देशभरिका थुप्रै डाँडाबाट दुई\चार लाख रुपैयाँ कमाइ हुन्छ : गगन थापा


693
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अबको केही वर्षमा कीर्तिपुरको डाँडामा मात्र नभए देशका अन्य डाँडामा पनि रुपैयाँ कमाउन सकिने बताएका छन् । उनले सो कार्यक्रममा भने अबको केही वर्षमा कीर्तिपुरको डाँडामा मात्र होइन देशका थुप्रै डाँडाबाट दुई\चार लाख रुपैयाँ कमाउने अवस्था सृजना गर्न सकिन्छ ।

थापनले भने, ‘अबको ८\१० वर्ष भित्र मलाई विश्वास छ कि हामीले कीर्तिपुरको डाँडा मात्रै होइन, देशभरिका थुप्रै डाँडाबाट हाम्रो साथीहरूले दुई\चार लाख रुपैयाँ कमाउने स्थिति बनाउन सक्नेछौँ।’ उनले यसको लागि सोच्नुपर्ने बेला आएको बताउँदै, सरकारको गति अहिले त्यति राम्रो नभएको धारणा राखेका छन्।‘यो पोर्टेन्सियल हामीसँग छ, तर यसको लागि सोच र काम गर्नुपर्नेछ । हामीले यसको दिशा तय गर्न शुरु गरिसकेका छौँ, तर अब गति बढाउनुपर्नेछ ।’ थापाले भने, ‘यो हाम्रो लागि एउटा ठुलो अवसर हो, र त्यसका लागि कानुनी सुधार गर्नुपर्ने आवश्यकता पनि छ। हामीले त्यो परिवर्तन ल्याउन काम गर्नुपर्छ।’

थापाले देशको सम्भावनाहरूलाई पहिचान गर्दै, आर्थिक रूपले सशक्त बन्नका लागि नयाँ दिशा र पहल गर्ने आवश्यकता औँल्याएका छन् । उनले आगामी वर्षहरूमा प्राकृतिक स्रोत र क्षेत्रीय विकासका अवसरहरूको फाइदा लिनका लागि थप योजनाबद्ध र तीव्र गति आवश्यक रहेको बताएका छन् ।

उनले सरकारलाई दबाब दिँदै भने, ‘सम्भावनाहरू छन्, तर त्यसका लागि साँचो सोच र कडा पहल गर्नुपर्नेछ । केवल योजनामा मात्रै नअडिक, हामीले त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्नेछ । यसमा कानुनी र संरचनागत सुधार पनि अपरिहार्य छन्।’

प्रतिक्रिया दिनुहोस्