काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेर मङ्गलवार सम्बन्धित धनीहरूलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी उपरीक्षक ९एसपी० दिपक गिरीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीहरूलाई औपचारिक रूपमा बुझाएका हुन् ।
प्रहरीका अनुसार विभिन्न उजुरीहरूका आधारमा खोजी गरिएको सवारी साधनमध्ये केहीमा वास्तविक नम्बर प्लेट रहेका थिए भने केहीमा नक्कली नम्बर प्लेट राखिएको पाइएको थियो। यी सवारीहरू उपत्यकाका जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, ईमाडोल, लुभु, सोह्रखुट्टे, कलंकी, नयाँ बसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायत स्थानबाट फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ।














