काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई पक्राउ गरिएको छ ।

प्रहरीले थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवानलाई पक्राउ गरेको हो । उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाईको छ ।














