Logo
Logo

एकताको बाहानमा पार्टी महाधिवेशन ढिलो गर्न मिल्दैन : गगन थापा


2.2k
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुनेछ भन्ने विश्वास व्यक्त गर्दै नेता र कार्यकर्तालाई अन्यौलबाट बाहिर निस्कन आग्रह गरेका छन् । उनले बिहीबार काठमाडौंमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पार्टी महाधिवेशन कुनै पनि बहानामा स्थगित गर्न मिल्ने बताए ।

उनले भने, ‘कसैसँग एकता गरेको नाममा पार्टीको महाधिवेशन ढिलो गर्न मिल्दैन, बरु यसलाई छिटो गर्नुपर्छ । ‘कांग्रेसले अरूसँग एकता गरेर महाधिवेशनलाई पछाडि सार्ने हो भने नयाँ पार्टी बनाउनुपर्ने हुन्छ । चार तारे झन्डा र रुख चुनाव चिह्न भएको काङ्ग्रेससँग अरू पार्टी मिसिन सक्दैन,’ उनले भने ।

उनले महाधिवेशनसँगै समयमै चुनाव हुने जानकारी पनि दिए । ‘२०८३ सालको मङ्सिर महिनामा हाम्रो महाधिवेशन सम्पन्न हुनेछ र २०८४ को वैशाखमा निर्वाचन हुनेछ,’ उनले थपे।

उनले नेता कार्यकर्तालाई सर्वदलीय र गठबन्धन मानसिकताबाट बाहिर निस्कन र पार्टीको सशक्त भविष्य निर्माण गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्