Logo
Logo

शिक्षकका माग सम्बोधनका लागि निरन्तर छलफलमा छु : देउवा 


945
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् ।

आज बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक सङ्घका प्रतिनिधिहरूसँगको भेटमा देउवाले यसो भनेका हुन् । देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको जानकारी गराए ।

भेटमा नेपाल शिक्षक सङ्घका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल उत्साहजनक रहेको बताए । सो भेटघाटमा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरको पनि उपस्थिति थियो ।

आन्दोलनरत शिक्षकहरूले भने आन्दोलन कार्यक्रमहरूलाई कडाइका साथ अगाडी बढाई रहेको छ । यसैबिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ पाँच बजे शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको छ। यसअघि मन्त्रालयले वार्ताका लागि पटक९पटक आह्वान गरे पनि महासङ्घ सहभागी भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्