काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हरेर समस्याको समाधान नहुने बताएका छन् । नेकपा एमालेले शुक्रवार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेको प्रधानमन्त्रीले वार्ताका लागि सरकारले बोलाइसकेकाले शिक्षकहरू सडकमा गएर प्रदर्शन गर्नु नपर्ने बताए ।

‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन,’ ओलीले भने, ‘शिक्षकहरूले आफ्नो हित मात्रै हेरेर हुन्न, राष्ट्रको हित र आर्थिक अवस्था पनि हेर्नुपर्छ, भावनामा बगेर समाधान हुँदैन ।’
प्रधानमन्त्रीले उपयुक्त शिक्षा ऐन छिटै ल्याउने बताए । अस्थिरता दोहोरिन नदिन र देश बनाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएको दाबी गरेका ओलीले वर्तमान सरकार कसैले चाहँदैन नढल्ने बताए ।











