
काठमाडौं । बालाजुको औद्योगिक क्षेत्रमा शनिवार आज आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार आगलागी नियन्त्रणका लागि टोली परिचालन भइसकेको छ । अहिले पहिलो दमकल पुगेर आगलागी नियन्त्रण काम सुरु गरिसकेको छ ।














