Logo
Logo

तीनकुनेको घरमा आगो लगाउने पक्राउ


17.5k
Shares

काठमाडौं । १५ चैतमा भएको प्रदर्शनमा तिनकुनेमा घरमा आगो लगाएको आरोपमा एक जनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाही छन् ।

गौतमले तीनकुनेको घरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

उनी एटीएफ (अनवरत तत्पर फौज)को प्रवक्ता समेत रहेको पाइएको छ । उनी तीनकुनेमा भएको प्रदर्शनको बेला दुर्गा प्रसाईंको गाडिमा झुण्डिदै अघि बढेका थिए ।

पक्राउ परेका अर्का शाही भने एटीएफको सदस्य रहेको पाइएको छ । उनी माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गर्ने काममा खटिएको देखिएको प्रहरीको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्