
काठमाडौं । हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चंखेली गाउँपालिका–२ लोतीमा स्काभेटर दुर्घटना हुँदा
सोही स्थानका ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको हो ।
स्काभेटर मुगु छायाँनाथ नगरपालिका–१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिए । दुर्घटनामा स्काभेटर चालकको अवस्था भने सामान्य छ । अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














