काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।सोमबार दिउँसो ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ ।

उक्त जिप बोङ्गादोभानबाट कटेरीतर्फ जाँदै थियो । जिपमा चालकसहित ११ जना थिए । प्रहरीका अनुसार कच्ची बाटोमा उकालो चढ्ने क्रममा ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।














