Logo
Logo

भाटभटेनीमा छरिएको स्याउ, सुन्तला टिप्ने ८ जना जमानी छुटे


2.7k
Shares

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाडिएको छ । हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आठ जनालाई छाडेको हो । 

हाजिर जमानीमा छुट्नेहरू भाटभटेनी तोडफोड हुँदा भुईँका स्याउ, सुन्तला टिप्नेहरू रहेका छन् । जसमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन् ।

पहिलो पटक ६ जनालाई हाजिर जमानीमा छाड्ने सरकारी वलिक कार्यालय सहमति दिएपछि ६ जनालाई छाडिएको थियो । पछि थप दुई जनालाई छाडिएको हो । 

उनीहरू हाजिरी जमानीमा छुटे पनि मुद्दा भने चलिरहने भएको छ । तीनकुने घटनामा अहिलेसम्म ८२ जना पक्राउ परेर मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । ती मध्ये ८ जनालाई हाजिरी जमानीमा बाहिर राखेर अनुसन्धान गरिएको छ भने ७४ जना अहिले पनि परिसरकै हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्