काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुर–बिरालो दर्ता गर्न सूचना जारी गरेको छ । महानगरपालिका क्षेत्रमा कुकुररबिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो बढिरहेकाले महानगरले आफ्ना कुकुररबिरालोलाई माइक्रोचिप लगाएर वडामा दर्ता गरेर मात्रै पाल्न सूचना जारी गरेको हो ।

‘काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुररबिरालो बिक्री वितरण गर्ने व्यक्ति र संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नुरगराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ महानगरले सूचनामा भनेको छ ।