Logo
Logo

दराजद्धारा ‘७.७ ह्वाट द फ्ल्याश सेल’को घोषणा


378
Shares

काठमाडौं  । नेपालको अग्रणी अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतिक्षित ‘७.७ ह्वाट द फ्ल्याश सेल’को घोषणा गरेको छ । यो सेल असार २३ देखि असार २७ सम्म सञ्चालन हुनेछ । ७० प्रतिशत  सम्म छूट, निःशुल्क डेलिभरी, र ६० लाख रुपैयाँ बराबरका भौचरहरूसहित यो सेलले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस वर्षको ७।७ सेलमा स्थानीय र अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न सकिनेछ । जारा, एचएण्डएम, एचआरएक्स, र यूएस पोलो जस्ता प्रतिष्ठित ब्रान्डहरूले आफ्ना विशेष कलेक्शनहरू प्रस्तुत गर्नेछन् । प्रत्येकले सातवटा छनोट गरिएका उत्पादनहरू मात्र रु। ७७७ मा उपलब्ध गराउनेछन् । मामाअर्थ, भ्यान्स, कन्भर्स, र नाइकी जस्ता १०० भन्दा बढी अग्रणी एफएमसीजी र फेसन ब्रान्डहरूले ५०प्रतिशत सम्मको फ्ल्याट छूट प्रदान गर्नेछन् ।

थप रोमाञ्चक बनाउन, फास्टेस्ट फिंगर फ्ल्याश सेलमार्फत छनोट गरिएका उत्पादनहरू रु. ७, रु. ७७, रु. ७७७, र रु. ७,७७७ मा उपलब्ध हुनेछन् । यो सेलको उद्देश्य केवल छूटमा सीमित नभई नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि हो ।  स्वास्थ्य र सौन्दर्य, फेसन, अडियो र वेयरेबल्स, फर्निचर, र होम डेकोर जस्ता विभिन्न श्रेणीहरूमा अत्याधुनिक अफरहरूले उपभोक्ताहरूलाई उत्साहित बनाउने दराजको अपेक्षा छ ।

दराजले आफ्ना ग्राहकहरूलाई बेस्ट प्राइस ग्यारेन्टिड (बीपीजी) सुविधा पनि प्रदान गर्दै आएको छ । यो सुविधाअन्तर्गत, यदि कुनै ग्राहकले उही उत्पादन नेपालको अन्य अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पार्छ भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता पुरस्कारस्वरूप प्रदान गर्नेछ । तर यसका लागि निश्चित सर्तहरू लागू हुनेछन् । 

यसबाहेक, रु. ४९९ वा सोभन्दा बढी खर्च गर्ने ग्राहकहरूले छनोट गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्न सक्नेछन् । यो सुविधा लिन दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर सङ्कलन गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्