Logo
Logo

वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडद्धा वल्र्डलिंक सङ्ग्रहालयको स्थापना 


189
Shares

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो गौरवपूर्ण इतिहास, प्राविधिक योगदान र सङ्घर्षलाई समेट्दै वल्र्डलिंक सङ्ग्रहालय स्थापना गरेको छ । यो सङ्ग्रहालयमा वल्र्डलिंकले स्थापनाकालदेखि हालसम्मको यात्रामा प्रयोग भएका विभिन्न प्रविधियुक्त उपकरणहरू प्रदर्शन गरिएको छ ।

The current image has no alternative text. The file name is: worldlink.gif

डायलअप, इमेलरइन्टरनेट, भी-स्याट, वायरलेस, केवल इन्टरनेट र एफटीटीएच प्रविधिका यी उपकरणहरू अब प्रयोगबाहिर भए पनि नेपालको इन्टरनेट इतिहासको अभिन्न अङ्गका रूपमा महत्त्वपूर्ण छन् । वल्र्डलिंकले यस्ता ऐतिहासिक प्रविधिहरूलाई संरक्षण र सङ्ग्रह गर्ने कार्यलाई आफ्नो कर्तव्य र सामाजिक दायित्व ठानेको छ ।

यो सङ्ग्रहालय अध्ययन, अवलोकन र अनुसन्धानका लागि एक साझा थलो बन्ने कम्पनीको विश्वास छ । नेपालको इन्टरनेट प्रविधिको विकासक्रम अध्ययन गर्न र ज्ञान आर्जन गर्न यो सङ्ग्रहालयले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यो पहलले सूचना प्रविधिका विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासकार, लेखक र सञ्चारकर्मीलाई विगतका प्रविधिहरू अवलोकन गरी नेपालको डिजिटल यात्रा र वल्र्डलिंकको योगदान बुझ्न सहयोग पुग्ने विश्वास छ । 

सङ्ग्रहालयले इन्टरनेट प्रविधिको क्रमिक विकास र नेपालको डिजिटल रूपान्तरणमा वल्र्डलिंकको भूमिकालाई उजागर गर्ने महत्त्वपूर्ण आधार प्रदान गर्नेछ । वल्र्डलिंकले दुर्गम गाउँदेखि सहरसम्म इन्टरनेट सेवा विस्तार गरी डिजिटल पहुँचलाई सरल बनाएको छ ।

यो सङ्ग्रहालय त्यही यात्राको द्योतक हो, जसले नेपालको प्राविधिक विकासमा वल्र्डलिंकको योगदानलाई अमर बनाउनेछ । सङ्ग्रहालयमा डायलअप इन्टरनेटमा प्रयोग भएका मोडेम, वायरलेस डिस्क, पुराना एफटीटीएच उपकरणलगायतका सामग्री प्रदर्शन गरिएको छ ।

किरण राज गौतमका अनुसार, सङ्ग्रहालय प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कलेजका विद्यार्थीहरूका लागि खुला रहनेछ । कम्पनीका अध्यक्ष श्री दिलीप अग्रवालको प्रमुख आतिथ्यता, सह–संस्थापक तथा कार्यकारी निर्देशक श्री मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत श्री केशव नेपालको विशेष उपस्थितिमा ललितपुर, कुसुन्तीस्थित वल्र्डलिंकको आफ्नै कार्यालय परिसरमा यो सङ्ग्रहालय उद्घाटन गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्