
काठमाडौं । नेपाल प्रहरीको आपतकालीन सेवा नम्बर १०० अस्थायी रूपमा अवरुद्ध हुने भएको छ । भद्रकालीस्थित नव–निर्मित प्रहरी परिचालन कक्षमा प्राविधिक मर्मत सम्भारको काम गनुपर्ने भएकाले आज बिहान ११ देखि ३ बजेसम्म आपतकालिन १०० नम्बर अवरुद्ध हुने भएको हो ।
प्रहरीका अनुसार मर्मतको काम सकिएलगत्तै सेवा सुचारु हुनेछ । उक्त अवधिमा आपतकालीन अवस्था वा सहयोग आवश्यक परेमा प्रहरीले सेवा प्रयोगकर्ताहरूलाई अन्य वैकल्पिक सम्पर्क नम्बरहरू प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रहरी कार्यालयले निम्न सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छः
प्रहरी कन्ट्रोल रुम – ९८५१२८३०२६, ट्राफिक कन्ट्रोल रुम – १०३, ९८५१२९५१००, जिल्ला प्रहरी परिसर काठमाडौं – ९८५१२८३०१२, जिल्ला प्रहरी परिसर ललितपुर – ९८५१२८३०१७, जिल्ला प्रहरी परिसर भक्तपुर – ९८५१२८३०२०











