काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुसलाई दुई साताको समयसीमा दिएका छन् । अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्तापछि ट्रम्पले युद्धको शान्तिपूर्ण समाधानतर्फ प्रगति नभए कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिए ।

शुक्रवार ह्वाइट हाउसमा पत्रकारहरूसँग उनले भने, “म चाँडै निर्णय लिनेछु, चाहे त्यो प्रतिबन्ध होस्, कर होस् वा दुवै । यो अमेरिकाको लडाइँ होइन भन्न पनि सकिन्छ।”ट्रम्पले रुसले युक्रेनस्थित अमेरिकी कारखानामा गरेको आक्रमणप्रति आक्रोश व्यक्त गरे, जसमा आगलागी हुँदा धेरै कर्मचारी घाइते भए ।
उनले भने, ‘म युद्धसँग सम्बन्धित कुनै कुराबाट खुसी छैन । आगामी दुई हप्तामा यो युद्धको दिशा स्पष्ट हुनेछ ।’ ट्रम्पले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ताको प्रस्ताव राखे, भन्दै, ‘दुई नेता सँगै बस्नुपर्छ, नभए कारण खोज्नेछु ।’
उनले आफ्नो कार्यकालमा सात युद्ध रोकेको र तीन सम्भावित युद्ध टारेको दाबी गरे। अगस्ट १८ मा जेलेन्स्की र युरोपेली नेताहरूसँगको भेटपछि ट्रम्पले पुटिन९जेलेन्स्की बैठकको तयारी थालेको बताए।











