Logo
Logo

पर्यटन प्रवर्द्धनका लागि ‘रेडपाण्डा म्याराथन’


189
Shares

इलाम । पर्यटन प्रवर्द्धन र लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि इलाममा असोज ४ गते ‘रेडपाण्डा म्याराथन’ आयोजना हुने भएको छ।

दीपज्योति युवा क्लबको आयोजनामा तथा रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहयोगमा हुने म्याराथन इलाम सदरमुकाम (१,१२० मि) बाट सन्दकपुर डाँडा (३,६१० मि) सम्म ४४.२ किमी दूरीमा हुनेछ ।

प्रतियोगितामा नेपाली सेना, प्रहरीसहित देशभरका १०० बढी धावक सहभागी हुनेछन्। पुरुष र महिलातर्फका विजेताले क्रमशः रु १.५ लाख, १ लाख, ५० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन्। स्थानीय धावकका लागि पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ।

सन्दकपुर डाँडा इलामकै अग्लो स्थान हो, जहाँबाट नेपाल, भारत, भुटान र चीनका हिमाल देखिन्छ। आयोजकले म्याराथनले इलामको पर्यटन र पूर्वाधार विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्